पर्सा – वीरगञ्ज महानगर क्षेत्रमा समुदायस्तरमा नै हैजाको सङ्क्रमण फैलिए पनि अहिलेसम्म हैजाको स्रोत भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । गएको शुक्रवारदेखि वीरगञ्जका विभिन्न वडामा हैजाका सङ्क्रमित बिरामी भेटिँदै आइरहेका छन् ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित बिरामी फेला पारेको जानकारी दिए । ‘आइतवार बेलुका ८ बजेसम्म हैजाका सङ्क्रमित ७१ जना भेटिएका थिए’, उनले भने, ‘सोमवार बिहानसम्म थप ८ जना हैजाका सङ्क्रमित भेट्टिएका छन् ।’
‘हैजाको मुख्य स्रोत अहिलेसम्म पत्ता लागेको छैन’, उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनलगायतका प्रतिनिधिले आइतवारदेखि यहाँका पानीको परीक्षणलगायतका काम गरिरहेका छन् । सम्भवत आजसम्म हैजाको स्रोतको पहिचान हुने आशा राखेका छौँ ।’





