काठमाण्डौं –नेपाल प्रिमियर लिग (एनपीएल) को टोली काठमाण्डौं गोर्खाजले दोस्रो संस्करणका लागि रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालमार्फत काठमाण्डौं आज रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरेको हो । काठमाण्डौंले मार्की र कप्तान रहेका करण केसीलाई रिटेनको पहिलो नम्बरमा राखेको छ ।
उसले रिटेन गरेका अन्य खेलाडीमा साहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, दीपेश कँडेल र भीम सार्की छन् ।
त्यस्तै काठमाण्डौंबाट रिलिज भएका खेलाडीमा सुमित महर्जन, कृष्ण कार्की, राजु रिजाल, शंकर राना र विवेक केसी रहेका छन् ।
यसअघि लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् ।





