काठमाण्डौँ ।प्रतिनिधिसभामा आज १९ मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
बजेटमा मन्त्रालयगत रूपमा छुट्टाइएका योजनाको बारेमा आज मन्त्रीहरूले जवाफ दिने कार्यसूची तय गरिएको हो ।
संसद्का महासचिव पद्मप्रसाद पाण्डेका अनुसार आज विनियोजन विधेयक, २०८२ मा छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको हो ।
आजका लागि तय भएको कार्यसूचीमा वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, खानेपानी मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका योजनाबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु भएको छैन ।





