यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ८२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ असार १ सोमबार
2026, Jun 15, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: ८२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

८२ तोला अवैध सुनसहित पोखराबाट दुई जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ असार ८, आईतवार १२:३३ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले बिक्री गर्नका लागि अवैध रूपमा बोकेको ८५ तोला सुन सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतको न्यु प्रताप नगर जि.टी. रोड अमृतसर –१ पन्जाबका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा नगरपालिका–१६ पुर्वबहियाका ४७ वर्षीय रामबहादुर बि।क।लाई पक्राउ गरिएको हो।

असार छ गते पोखराको विभिन्न स्थानहरूमा अवैध रूपमा विक्री वितरणको लागि सुन ल्याएको भन्ने गोप्य सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रहरी परिचालन गरेको थियो। प्रहरी टोलीले पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दी हुँदै बुटवलतर्फ जाँदै गरेको माइक्रो बसमा चेक जाँच गर्दा उनीहरू सुनका गरगहना सहित पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई उक्त सामान सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। उनीहरूको साथबाट सुनका साना ठुला गरी दुई तोला २३ लाल, १० तोला ३१ लाल तौलका २९ थान सिक्री, दुई तोला ९४ लालको एक थान दानावाला माला, १० तोला ५४ लाल बराबरका पत्थर र हिरा जडित औँठी ५७ थान, २७ तोला ६३ लाल बराबरको कानमा लगाउने जुली तीन सय २४ थान, को पाँच तोला बराबरका १७ थान मङ्गलसूत्र, १३ तोला १२ लाल बराबरको ९९ थान लकेट, नौ तोला ३९ लाल बराबरको माला सहितका पोते १९ थान र एक तोला झुम्का गरी कुल ८२ तोला १६ लाल तौल रहेका सुनका गहना फेला पारिएको हो।

उक्त गहना गत शुक्रवारको बजार मूल्य अनुसार एक करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरका रहेको नेपाल सुन चाँदी रत्न तथा आभूषण व्यवसायी सङ्घ कास्कीलाई उद्धृत गर्दै कास्की प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनामाथि भएको प्रारम्भिक अनुसन्धानका क्रममा भारतका कुलदिप सिंह तीन वर्ष पहिलेदेखि नै रुपन्देहीका राम बहादुर बि।क।सँग फेसबुकमार्फत साथी बनेको खुलेको छ। सुनको गरगहना सम्बन्धी काम गर्ने उनीहरूले पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा, दिल्ली, हरियाणा लगायतका स्थानमा सुनका गरगहना बेच्दै हिँड्ने गरेको पाइएको छ। उनीहरूले अब नेपालमा पनि बेच्ने योजना बनाएर भारतको अमृतसरमा रहेको अमरजित साहुको सुन पसलबाट गरगहना लिएको कास्की प्रहरीले बताएको छ।

कुलदिपले रामबहादुरलाई लिएर गत असार चार गते पोखरामा सुन बिक्री गर्न खोजेका थिए। सुन बिक्री भएपछि केही रकम आफूले पाउने सर्तमा रामबहादुर बुटवलबाट कुलदिपलाई साथ दिँदै पोखरा आएका प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।

अघिल्लो लेख वार्तामा नआए इरानमाथि थप आक्रमण गर्छौं : अमेरिकी राष्ट्रपति ट्रम्प
अर्को लेख सुनको भाउ ५ सय रुपैयाँले बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • रोहित रजकको शब्द तथा सङ्गीतमा ‘जुनेली रात’ सार्वजनिक
  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

हिजो र आज देशभर वर्षा गराएको न्यून चापीय प्रणाली भोलिदेखि कमजोर हुने

२०८२ श्रावण १९, सोमबार १५:०४ गते
राष्ट्रियसमाचार

आज विश्व बिरामी सुरक्षा दिवस र राष्ट्रिय विज्ञान दिवस

२०८२ आश्विन १, बुधबार ११:२३ गते
राष्ट्रियसमाचार

देशभरिका नर्स आन्दोलनमा

२०८२ कार्तिक १४, शुक्रबार १६:२८ गते
अन्तर्राष्ट्रिय

अमेरिकाको मध्य र दक्षिणी क्षेत्रमा आँधी : २० जनाको ज्यान गयो

२०८१ चैत्र ३, आईतवार ११:१० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?