यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सिरहामा लागुऔषध कारोबारमा संलग्न ७ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ ३०, शुक्रबार १४:३४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

सिरहा । सिरहा जिल्ला प्रहरीले लागुऔषध विरुद्धको अभियानमा सफलता हासिल गर्दै तीन छुट्टाछुट्टै कारबाहीमा सात जनालाई पक्राउ गरेको छ ।

यस क्रममा खैरो हेरोइनसहित, धारिलो हतियार र लागुऔषध सेवनमा प्रयोग हुने उपकरणहरू पनि बरामद भएका छन् ।

प्रहरीका अनुसार, पहिलो घटनामा जेठ २७ गते राति गोलबजार नगरपालिका–४, क्याम्पस चोकबाट २० वर्षीय राकेश कुमार महतोलाई शंकास्पद हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। उनको शरीर खानतलासी गर्दा ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको थियो ।

त्यसैगरी जेठ २८ गते साँझ, सोही वडाको क्याम्पस चोकस्थित एक डेरा कोठाबाट गोप्य सूचनाका आधारमा तीन जनालाई पक्राउ गरियो ।

पक्राउ पर्नेहरूमा अर्नामा गाउँपालिका–०३ का २० वर्षीय अभिषेक कुमार महतो, धनगढीमाई नगरपालिका–०८, कसहाका २२ वर्षीय सन्तोष कुमार महतो र औरही गाउँपालिका–१ का १८ वर्षीय प्रदीप कुमार यादव रहेका छन् ।

उनीहरूको कोठाबाट ०.९७० मिलिग्राम खैरो हेरोइनका साथै एउटा धारिलो चक्कु र गाँजा सेवन गर्ने वाटर गन बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी जेठ २८ गते दिउँसो गोलबजार नगरपालिका–५ मा भएको थियो। लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले २४ वर्षीय बिमल कुमार महतो, २२ वर्षीय बिपेन कुमार साह र एक जना नाबालिगलाई पक्राउ गरेको छ। बिपेन कुमार साहको साथबाट १ ग्राम ८६० मिलिग्राम खैरो हेरोइन भेटिएको थियो। सोधपुछका क्रममा उनीहरूले उक्त लागुऔषध बिमल कुमार महतोबाट खरिद गरेको बयान दिएपछि बिमलको घर खानतलासी गर्दा थप ४०० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।

पक्राउ परेका सबैमाथि इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

अघिल्लो लेख भिजिट भिसा प्रकरणलाई लिएर उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की
अर्को लेख प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जाने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रियसमाचार

भियतनाममा पर्यटक चढेको डुङ्गा पल्टिँदा ३४ जनाको ज्यान गयो, ११ जनाको उद्धार

२०८२ श्रावण ४, आईतवार ०९:५३ गते
अर्थ-वाणिज्य

सुनको भाउमा लगातार र्कीतिमान : तोलाको १ लाख ८६ हजार रुपैयाँ पुग्यो

२०८१ चैत्र ३१, आईतवार ११:३९ गते
अन्तर्राष्ट्रियसमाचार

अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृ*त्यु

२०८२ जेष्ठ ४, आईतवार १२:११ गते
राष्ट्रिय

भक्तपुरको बालकोटमा बाबुछोरा मृत अवस्थामा भेटिए

२०८१ पुष ८, सोमबार १४:४४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?