यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

सीमा क्षेत्रमा हुने वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबिच सहमति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २२, बिहीबार ११:१९ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

दार्चुलाः नेपाल–भारत सीमा क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी अवैध व्यापार नियन्त्रणका लागि सूचना तथा तथ्य र तथ्याङ्क आदान–प्रदान गरेर अपराध नियन्त्रण गर्न नेपाल र भारतका सरकारी अधिकारीबिच सहमति भएको छ।

नेपालको दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका वन अधिकृत तथा भारतको पिथौरागढ जिल्लाका वन अधिकृतबिच दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा बुधबार भएको जैविक विविधता संरक्षणका लागि नेपाल–भारत सीमापार बैठकमा उक्त सहमति भएको हो।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पहाडी र उच्च पहाडी भू–भाग जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताइएको छ। यो क्षेत्रमा वन्यजन्तुले सीमा ओहोरदोहोर गर्ने गरेको वन तथा वन्यजन्तु संरक्षणकर्मीहरुले बताएका छन्।

नेपाल–भारत सीमा क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व, वन स्रोतको अति दोहन यार्सागुम्बा, वन्यजन्तुको चोरी सिकार, अवैध व्यापार चुनौती रहेको विषयमा बैठकमा बृहत छलफल गरी निर्णय गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनय झाले बताए।

भारतको वन डिभिजन कार्यालय पिथौरागढअन्तर्गतको धारचुला क्षेत्रमा पर्ने वन र नेपालको अपिनाम्पा संरक्षण क्षेत्रको उत्तरी क्षेत्रमा चरिचरन तथा गैरकाष्ठ वनपैदवारको अति दोहनका कारणले उच्च पहाडी क्षेत्रको पारिस्थितिक प्रणालीमा खलल पुगेको उनले बताए।

छलफलमा उठेका समस्या र चुनौतीहरु सँग जुध्न दुबै देशका सम्बन्धित अधिकारीहरु बिचमा समन्वय, सूचना सम्प्रेषणलाई सहजीकरण गर्न नियमित सञ्चारकार्य गर्ने सहमति भएको डिभिजन वन कार्यालय पिथौरागढका डिभिजन वन अधिकृत आषुतोस सिंहले बताए।

डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत भरतप्रसाद भट्टले नेपाल–भारत सीमा क्षेत्रको संवेदनशील ठाउँहरुमा नियमित गस्ती गर्ने र वन्यजन्तुको संयुक्त अनुगमन गर्ने, दुई देशका वन जङ्गल र संरक्षित वन्यजन्तुहरुको संरक्षण गर्ने लगायतका विषयबारे समेत बैठकमा छलफल गरिएको बताए। बैतडी जिल्लाको पञ्चेश्वर क्षेत्र भारतको पिथौरागढ जिल्ला सङ्ग सीमानाका जोडिएको क्षेत्रमा पर्दछ।

डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत लक्ष्मीराज जोशीले अन्तर सीमा वन्यजन्तु ओहोरदोहोर गर्ने जैविकमार्गहरुको पहिचान गरी पुनःस्थापन गर्ने, स्थानीयस्तरमा कार्यरत वन संरक्षणकर्मीहरुको क्षमता अभिवृद्धि गर्न संयुक्त तालिम तथा कार्यक्रमहरुको आयोजना गर्ने सहमति भएको जानकारी दिए।

बैठक नेपाल सरकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) द्वारा सञ्चालित उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण कार्यक्रमअन्तर्गत आयोजना गरिएको शुक्लाफाँटा संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत जोशीले जानकारी दिए।

हिमाली जिल्ला दार्चुलाको अपिनाम्पा संक्षण क्षेत्रभित्र हिँउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सयभन्दा बढी प्रजातीका चरा पाइने गर्दछन्। सीमापार बैठकमा नेपाल र भारतका वन अधिकृत, वन तथा वन्यजन्तु संरक्षणकर्मी लगायतको सहभागिता रहेको थियो।

अघिल्लो लेख कैलालीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा दुर्घटना, एकको मृत्यु, दुई घाईते
अर्को लेख बेहडाबाबामा गङ्गादशहरा मेला सुरु, बिहानैदेखि दर्शनार्थीको भिड
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अन्तर्राष्ट्रिय

अमेरिकाको केन्टकीमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

२०८१ फाल्गुन ६, मंगलवार १०:३३ गते
खेलकुद

आईपीएलमा आज दुई खेल हुँदै

२०८१ चैत्र १०, आईतवार ०९:४६ गते
राष्ट्रियसमाचार

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

२०८२ पुष १९, शनिबार १०:२६ गते
कैलालीस्वास्थ्य-शिक्षा

अखिल (क्रान्तिकारी) ऐश्वर्यद्वारा उद्घोषण तालिम, आज पहिलो दिन

२०८१ पुष २१, आईतवार १९:४० गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?