काठमाण्डौं –कलाकार घनश्याम गौतमको निधन भएको छ ।
टेलिशृङ्खला, प्रहसनहरूमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्यारिकेचर गरेर चर्चित भएका गौतमको गएराति ४३ वर्षको उमेरमा निधन भएको हो ।
उनी दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए । उनको भक्तपुर ताथलीमा रहेको काठमाण्डौं क्यान्सर अस्तालमा उपचार भैरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
रङ्गक्षेत्रमा सक्रिय गौतम सडक नाटक, रेडियो नाटक, कचहरीमा पनि अभिनय गर्थे ।





