काठमाण्डौं – नेपाल र भारतका विज्ञहरुबीच कुखुरापालन व्यवसायबारे छलफल भएको छ ।
‘सुदृढ पोल्ट्री उद्योग र दिगो विकास तथा आर्थिक सफलता विषयमा चितवनमा छलफल भएको हो ।
भारतको पोल्ट्री रिभ्यू र नेपाल भेटेनरी पोल्ट्री एशोसिएशनको संयुक्त आयोजनामा भएको गोष्ठीमा नेपाल र भारतका एक सय तीन वैज्ञानिक, उद्यमी, शिक्षाविद् र नीति निर्माता सहभागी भएका थिए ।
कार्यक्रममा ‘नेपालमा पोल्ट्री उद्योगः अनिश्चितताबीचको सम्भावना’ विषयमा डा.दिनेश गौतम र प्रा.डा.सिंहले नेपालको पोल्ट्री व्यवसायका अवसर र चुनौतीबारे विश्लेषण गरेका थिए । कार्यक्रममा वातावरणमैत्री फिड प्रविधिको विकास र प्रभावका बारेमा छलफल भएको छ ।
यस्तै सङ्क्रामक रोगको प्रकोप व्यवस्थापन विषयमा पोल्ट्री क्षेत्रमा देखापर्ने रोग र त्यसको रोकथाम तथा नियन्त्रण रणनीतिबारे पनि कार्यक्रममा जानकारी दिइएको छ ।
प्रविधिको प्रयोगबाट पोल्ट्रीजन्य उत्पादन र व्यवस्थापन प्रभावकारी बनाउने विषय पनि समेटिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा.सुविर सिंहले बताए ।





