यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर नबुझाउनेलाई कारबाही
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २५ सोमबार
2026, Jun 8, Monday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर नबुझाउनेलाई कारबाही
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कर नबुझाउनेलाई कारबाही

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १०:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही अगाडि बढाएको छ ।

पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा २५ करदाताउपर कारबाही गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताए । विभिन्न माध्यमबाट पटक पटक ती करदातालाई कर बुझाउन आग्रह गरे पनि अटेरी गरेपछि उनीहरूको बैङ्क खाता रोक्का गरिएको पराजुलीले बताए । आन्तरिक राजस्व कार्यालयले ती करदाताबाट चार करोड ९१ लाख २३ हजार रुपियाँ असुल गर्न बाँकी छ ।

यस्तै चालु आव २०८१/८२ को हालसम्म कर नबुझाउने ४० करदातामाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयले बताएको छ । मूल्य अभिवृद्धि कर नबुझाउने ४० करदाताको नाम अन्तिम पटक पत्रपत्रिकामा सार्वजनिक गर्दा समेत कर बुझाउन नआएकाले उनीहरूउपर पनि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख कर अधिकृत पराजुली बताए ।

राजस्व कार्यालयले ४० करदाताबाट तीन करोड ३१ लाख ५५ हजार रुपियाँ बक्यौता असुल गर्न बाँकी छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका सूचना अधिकारी विजय भुसालले बताए ।

सूचना अधिकारी भुसालले भने, “पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ, त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आव २०८१/८२ को १० महिनाको अवधिमा एक अर्ब ८१ करोड १३ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ७५.८७ प्रतिशत सङ्कलन गरिएको हो ।

अघिल्लो लेख विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा
अर्को लेख गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छः सभापति देउवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ चार सय रुपैयाँले बढ्यो

२०८२ असार ३०, सोमबार १२:४९ गते
राजनीति

संविधान संशोधन गर्छु भनेर सरकार बनाएका कांग्रेस र एमाले पन्छिन थाले : माधव नेपाल

२०८२ बैशाख १८, बिहीबार १३:३२ गते
राजनीतिसमाचार

माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको एकता घोषणा कात्तिक २० गते गर्ने निर्णय

२०८२ कार्तिक १६, आईतवार १७:१९ गते
राष्ट्रिय

चट्याङ लागेर तिर्थालुको मृत्यु

२०८१ भाद्र १, शनिबार १८:३३ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?