यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर नबुझाउनेलाई कारबाही
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ९ आईतवार
2026, Oct 25, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: कर नबुझाउनेलाई कारबाही
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

कर नबुझाउनेलाई कारबाही

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १४, बुधबार १०:२५ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

कञ्चनपुर । आन्तरिक राजस्व कार्यालय, कञ्चनपुरले लामो समयदेखि कर नबुझाउने ६५ करदारतामाथि कारबाही अगाडि बढाएको छ ।

पटक पटक कर दाखिलाका लागि आग्रह गरिए पनि अटेरी गर्ने करदातामाथि कारबाही अगाडि बढाइएको उक्त कार्यालयले जनाएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा २५ करदाताउपर कारबाही गरिएको आन्तरिक राजस्व कार्यालय कञ्चनपुरका प्रमुख कर अधिकृत डमरुप्रसाद पराजुलीले बताए । विभिन्न माध्यमबाट पटक पटक ती करदातालाई कर बुझाउन आग्रह गरे पनि अटेरी गरेपछि उनीहरूको बैङ्क खाता रोक्का गरिएको पराजुलीले बताए । आन्तरिक राजस्व कार्यालयले ती करदाताबाट चार करोड ९१ लाख २३ हजार रुपियाँ असुल गर्न बाँकी छ ।

यस्तै चालु आव २०८१/८२ को हालसम्म कर नबुझाउने ४० करदातामाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको उक्त कार्यालयले बताएको छ । मूल्य अभिवृद्धि कर नबुझाउने ४० करदाताको नाम अन्तिम पटक पत्रपत्रिकामा सार्वजनिक गर्दा समेत कर बुझाउन नआएकाले उनीहरूउपर पनि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख कर अधिकृत पराजुली बताए ।

राजस्व कार्यालयले ४० करदाताबाट तीन करोड ३१ लाख ५५ हजार रुपियाँ बक्यौता असुल गर्न बाँकी छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको उक्त कार्यालयका सूचना अधिकारी विजय भुसालले बताए ।

सूचना अधिकारी भुसालले भने, “पटक पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ, त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उनको भनाइ थियो ।

आन्तरिक राजस्व कार्यालय कञ्चनपुरले चालु आव २०८१/८२ को १० महिनाको अवधिमा एक अर्ब ८१ करोड १३ लाख ६५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ७५.८७ प्रतिशत सङ्कलन गरिएको हो ।

अघिल्लो लेख विराटनगरमा भेटियो परैबाट विष फाल्ने दुर्लभ स्पिटिङ कोब्रा
अर्को लेख गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छः सभापति देउवा
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ

२०८२ आश्विन २४, शुक्रबार १०:२१ गते
कञ्चनपुरपर्यटन

कञ्चनपुरको बेलौरीबाट ज्येष्ठ नागरिकलाई पठाइयो मुक्तिनाथ

२०८१ कार्तिक २, शुक्रबार १७:०२ गते
समसामयिक/राेचक

टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

२०८१ भाद्र ६, बिहीबार १९:५० गते
अन्तर्राष्ट्रियअर्थ-वाणिज्यकृषिखेलकुदगृहसमाचार

साँगाको जित, रेलिगेसन जोनको स्वयम्भूलाई राहत

whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?