धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँ र मुख्यमन्त्री कमलबहादुर शाहबिच शनिबार भेटवार्ता भएको छ ।
प्रदेश प्रमुखको निवासमा पुगेर मुख्यमन्त्री शाहले भेट गरेका हुन् ।
त्यस क्रममा मुख्यमन्त्री शाहले आफ्नो भारत भ्रमणको विषयमा प्रदेश प्रमुखलाई जानकारी दिएका थिए । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा जाँदै छ ।
भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् । भ्रमण टोलीले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गर्ने मुख्यमन्त्रीकोे सचिवालयले जानकारी दिएको छ ।





