यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीति

शिक्षकसँग सहमति गर्न सात बुँदे प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ बैशाख ८, सोमबार १२:५७ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं –सरकारले शिक्षकहरूले अघि सारेका मागहरूमध्ये केही माग सम्बोधनका लागि मन्त्रिपरिषदमा लैजाने तयारी गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सात बुँदे प्रस्ताव तयार गरेर अब बस्ने मन्त्रिपरिषदमा लैजाने तयारी भइरहेको जानकारी दिएको हो ।

सात बुँदे प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको तर्फबाट समेत सहमति जनाइएको शिक्षा मन्त्रालयको भनाइ छ । तर शिक्षा मन्त्रालयले आफूखुशी सात बुँदे प्रस्ताव तयार गरेको नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले बताईन् ।

विद्यालय शिक्षा ऐन जारी गर्न वैशाख १२ गते संसद्को अधिवेशन आह्वान गरिएको छ । यही अधिवेशनमा विधेयक पेश गर्ने तयारी सरकारको छ । त्यसका लागि संसद्को शिक्षा समितिअन्तर्गत उपसमितिमा छलफल भइरहेको छ ।

गएको वर्षको असोजमा सरकारले गरेको ११ बुँदे सहमति कार्यान्वयन गर्दै यथाशक्य छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरं २० दिनदेखि काठमाण्डौंको सडकमा आन्दोलित छन् ।

यसअघि दिउँसो १२ देखि ३ बजेसम्म आन्दोलन गर्दै आएका शिक्षकहरूले अब भने बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आन्दोलन गर्न थालेका छन् । दिउँसोको समयमा सर्वसाधारणलाई मात्रै दुःख भएकाले विशेषगरी सरकारी कर्मचारी, नेता, सांसद, मन्त्रीलाई पनि अवरोध गराउने उद्देश्यले बिहान आन्दोलन शुरू गरेको शिक्षकहरूको भनाइ छ ।

सरकारले विभिन्न बहानामा आन्दोलन रोकेर शिक्षकहरूलाई विद्यालय फर्किन आग्रह गरे पनि विधेयक हातमा नपरेसम्म नफर्किने उनीहरूको अडान छ ।

यसैबीच आन्दोलनरत शिक्षकहरूले घर फर्किने क्रममा गाडी दुर्घटनामा ज्यान गुमाएका शिक्षकहरूको सम्झनामा सडकमै शोक मनाउने भएको छ । मनाङको नार्फु गाउँपालिका–८ घर भई नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको हिजो ज्यान गएको हो ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीले आज सडकमै शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरूलाई आग्रह गरेका छन् । यस्तै उनले प्रधानमन्त्री, शिक्षामन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई गालीगलौज नगर्न पनि आग्रह गरेका छन् ।

ट्याग गरिएको:featured
अघिल्लो लेख मोबाइल लुट्ने तीन जना पक्राउ
अर्को लेख संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

२०८२ श्रावण १५, बिहीबार १२:३७ गते
कैलाली

सहिद गौरव जोशीका परिवारलाई १५ लाख भुक्तानी

२०८२ आश्विन १३, सोमबार ०८:३० गते
राष्ट्रिय

तीन हजार बढी फरार प्रतिवादी पक्राउ

२०८१ फाल्गुन ११, आईतवार १३:११ गते
राजनीतिसमाचार

कांग्रेसको देउवापक्ष समूह आयोगको निर्णयविरुद्ध भोलि सर्वोच्च अदालत जाने

२०८२ माघ ३, शनिबार १३:११ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?