यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समसामयिक/राेचक

सस्पेन्स थ्रिलर चलचित्र ‘खेल’को रहस्यमय कथा बताउने नयाँ पोस्टर सार्वजनिक

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ५, मंगलवार ११:३४ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं । आगामी वैशाख १२ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘खेल’को दोस्रो अफिसियल पोस्टर सार्वजनिक गरिएको छ ।

पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटा रहेका छन् ।

रोयल भीमसेनले डिजाइन गरेको पोस्टर रहस्य र डर झल्काउने गाढा निलो र कालो रङ्गको संयोजनमा तयार पारिएको छ । यसको अगाडिको भागमा स्कुले विद्यार्थीहरू र पृष्ठभूमिमा रहस्यमय वातावरण दर्साउने आँखाहरूको डरलाग्दो छाया देखिन्छ । पोस्टरमा चन्द्रमा पनि समावेश छ, जुन रहस्यपूर्ण कथावस्तुसँग सम्बन्धित हुन्छ । अगाडि हेडफोन लगाएकी अभिनेत्री सुरक्षा पन्त चलचित्रकी प्रमुख पात्र रहेको पोस्टरले जनाउँछ । ‘खेल’ शीर्षक पनि फरक शैलीमा डिजाइन गरिएको छ ।

‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । यसको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर, र सस्पेन्सको मिश्रणमा आधारित रहेको छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको कथा चलचित्रले देखाउनेछ, जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । यसमा किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

यो चलचित्र सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह(निर्माताहरू कुणानराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । चलचित्रको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेले लेखेका छन् ।

चलचित्रको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजरको जिम्मेवारी यमप्रसाद ओलीले सम्हालेका छन् । चलचित्रको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।

अघिल्लो लेख १०० मत खसेपछि पाटन क्याम्पसमा रोकियो मतदान, सहमतिको प्रयास जारी
अर्को लेख धनगढीकाे ऐश्वर्य क्याम्पसमा १४०३ मत खस्याे, आजै गणनाकाे तयारी
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

समसामयिक/राेचक

कोप –२९ : गरीब मुलुकलाई प्रत्येक वर्ष ३ सय बिलियन डलर उपलब्ध गराउने सम्झौता

२०८१ मंसिर ९, आईतवार ०९:२४ गते
कैलालीसमसामयिक/राेचकसमाचार

धनगढीको एसटीएस सिनेमा हलमा लोटसआईका विद्यार्थीका लागि चलचित्र ‘जुना’ प्रदर्शनी

२०८१ भाद्र ७, शुक्रबार ०७:३१ गते
राष्ट्रियसमसामयिक/राेचक

नेपालको इतिहासमा अमरसिंहको बेग्लै पहिचान छ : मन्त्री राई

२०८१ श्रावण १६, बुधबार १९:२८ गते
समसामयिक/राेचकसमाचार

काठमाण्डौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही

२०८२ जेष्ठ ३, शनिबार १०:३८ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?