धनगढीः कैलालीमा ७ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपलचौतारा नजिक र कैलारी गाउँपालिका–४ भितरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७ लाख १८ हजार १२० मुल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मुल्य बराबरको कपडा, मिठाई, प्रसाद दाना, पापड लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।





