यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ १५, मंगलवार १२:३८ गते
SudarshanTelevision
8 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ परेका छन्।

तनहुँ,आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८९ एम्पुल, फेनारगन ८९ एम्पुल र बुप्रेनोर्फिन ८९ एम्पुल सहित लमजुङ बेशीसहर नगरपालिका-८ बस्ने २४ वर्षीय प्रविन चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.२ ख २००४ नम्बरको माईक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

रूपन्देही,सिद्धार्थनगर नगरपालिक-१३ बसपार्कबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्राम सहित रोहिणी गाउँपालिका-१ बस्ने २५ वर्षीय अतहर खान लाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र अस्थायी प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको प्रहरीले युपि ५६ एएस ७६७५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

सुर्खेत, पन्चपुरी नगरपालिका-५ बाबियाचौरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-५ चतुरे बस्ने २९ वर्षीय झंकर थापालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८ स्याउली बजारस्थित सडकबाट लागूऔषध गाँजा करिब १ सय ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामोल ३ सय ५ ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बकैया गाउँपालिका-५ श्रीपुर बस्ने २० वर्षीय अमिर थिङ र सोही गाउँपालिका कर्मचुली बस्ने २० वर्षीय सन्देश राई रहेका छन्। प्रहरी चौकी ठुलोदमारबाट खटिएको प्रहरीले हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००२ प १५८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट लागूऔषध गाँजा करिब ५ किलो २ सय ग्राम सहित कैलाश गाउँपालिका-९ नामटार घर भई हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने ४० वर्षीय कुमार सिंह गोलेलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.प्र.०३-००५ प ९२८४ नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी मकवानपुर,हेटौंडा उपमहानगरपालिका-१७ दाबिलेबाट लागूऔषध गाँजा करिब २ किलोग्राम सहित सोही उपमहानगरपालिका-१८ मानेडाँडा बस्ने २७ वर्षीय सुमन गोङ्वालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

बाँके, नेपालगंज उपमहागनरपालिका-१५ जमुनाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित कोहलपुर नगरपालिका-१० बस्ने ३० वर्षीय गौरव शर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँके,कोहलपुर नगरपालिका-११ चप्परगौडी पुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय रोनित राणालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२ वाटरपार्कबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित सुर्खेत बीरेन्द्रनगर नगरपालिका-६ बस्ने १९ वर्षीय अर्जुन सुनार समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

कैलाली,गोदावरी नगरपालिका-८ स्याउलेबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय सुरेन्द्र कटुवाल, सोही नगरपालिका-९ बस्ने १९ वर्षीय पुरन बिक र सोही नगरपालिका-८ बस्ने २२ वर्षीय करन गुरङ रहेका छन्। इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले सुरेन्द्रको कोठाबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

स्याङ्जा, पुतलीबजार नगरपालिका-१ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ट्याब्लेट सहित रूपन्देही घर बताउने १९ वर्षीय अंगत सेन्चुरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले बुटवलबाट पोखरातर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७४२ नम्बरको हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

कपिलवस्तु,कृष्णनगर नगरपालिका-२ बाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो २५ ग्राम सहित शिवराज नगरपालिका चन्द्रौटा बस्ने रूपन्देही देवदह नगरपालिका-९ शितलनगर घर भएकी ३० वर्षीया सरस्वती विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ पैदल जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

सुनसरी,धरान उपमहानगरपालिका-८ बरगाँछी बस्ने ३१ वर्षीय सन्तोष परियार र सोही उपमहानगरपालिका-१६ बस्ने २० वर्षीया अनुष्का श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामानिल ५ सय ३२ ट्याब्लेट र स्पास्पेन ५ सय २८ ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले सन्तोषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो।

यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-३ गौधारास्थित वनेम मेडिकलका संचालक ४१ वर्षीय सुरज वनेम र उनकै श्रीमती ४२ वर्षीया टिम्पल श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामोल २ हजार ट्याब्लेट र स्पास्पेन ७ हजार ९ सय ३० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। उक्त मेडिकलमा लागूऔषध विक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मेडिकल तलासी गर्दा कार्टुनभित्र लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीको स्याउलेबाट तीन युवक पक्राउ
अर्को लेख पार्टी प्यालेसबाट झण्डै १५ लाख चोरी गरेका दुई जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु

२०८२ भाद्र २५, बुधबार १२:४८ गते
राष्ट्रियसमाचार

नियमित विद्युत आपूर्तिमा प्रतिबद्ध रहेको प्राधिकरणको भनाइ

२०८२ जेष्ठ ६, मंगलवार १०:३१ गते
राष्ट्रियसमाचार

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

२०८२ असार २४, मंगलवार ०८:०२ गते
कैलालीसाहित्य

‘तेस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८१’ का लागि आवेदन खुला

२०८१ भाद्र २७, बिहीबार ०८:३५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?