यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सवारी दुर्घटनामा ६ जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ११, शुक्रबार १४:०२ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं : पछिल्ला सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

बाजुरा, धनुषा, रोल्पा, सर्लाही, रुपन्देही र महोत्तरीमा भएका दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।

बाजुरा, बुढीगंगा नगरपालिका-८ बेतालमाडौंस्थित सडकमा बेतालमाडौंबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ख १०२० नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने कुल बहादुर लुहारको छोरा ४ वर्षीय निसु लुहारको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धनुषा,क्षिरेश्वरनाथ नगरपालिका-३ स्थित सडकमा ज.१ त ४१०१ नम्बरको ट्याक्टर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक महोत्तरी भँगाहा नगरपालिका-९ बस्ने २८ वर्षीय जय किशोर सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका सहचालकको के.सि. अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ ।

रोल्पा,गंगादेव गाउँपालिका-१ बिवाङस्थित सडकमा तुल्सीपुरबाट चैतेकाफल मेलटारीतर्फ जाँदै गरेको ग.१ ज ५७४२ नम्बरको डबल क्याब गाडी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही ठाउँ बस्ने १४ वर्षीय उमेश घर्तीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ८ जना मध्ये १ जनाको स्मृति हस्पिटल घर्तीगाउँमा उपचार भइरहेको छ ‌भने ६ जनालाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र १ जनालाई रेउका अस्पताल रोल्पा पठाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही, बलरा नगरपालिका-२ हथियौलस्थित सडकमा बिआर ०६ पि २६६२ नम्बरको चार चक्के रथको ठक्करबाट सोही ठाउँ बस्ने बिसुन रायकी छोरी ३ वर्षीया सोहानी कुमारी रायको बिहीबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भारत मेजरगंजको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रथ चालकको प्रहरीले खोजी गरिरहेको छ।

रूपन्देही, रोहिणी गाउँपालिका-३ धकधईस्थित सडकमा लु.८२ प २७५५ नम्बरको मोटरसाइकल ना.१ क १७५३ नम्बरको ट्रकमा ठक्कर खाई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु बाणगंगा गाउँपालिका-३ करवाना बस्ने ३७ वर्षीय कृष्ण मुरली खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरी,गौशाला नगरपालिका-९ बिसरपुरस्थित सडकमा गौशालाबाट बिसरपुरतर्फ जाँदै गरेको ज.१२ प ३५८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय जय प्रकास यादवको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

अघिल्लो लेख काभ्रेको महाभारतमा फैलिएको आगो अझै नियन्त्रणमा आएन : पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक
अर्को लेख प्रेस चौतारी कैलालीको अध्यक्षमा विष्ट
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

प्रदर्शनकारी संसद भवनभित्र छिरे

२०८२ भाद्र २४, मंगलवार १४:०६ गते
राष्ट्रियसमाचार

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

२०८२ पुष १९, शनिबार १०:२६ गते
राष्ट्रिय

चार महिनामा भन्सार छलीका १५ करोड १८ लाखको सामान बरामद

२०८१ मंसिर १७, सोमबार ०९:१९ गते
कैलालीप्रदेशराष्ट्रियसमाचारसुदूरपश्चिम प्रदेश

पुल तर्ने क्रममा चिप्लिएर खोलामा खस्दा बालिकाको मृत्यु

२०८१ असार १९, बुधबार १६:०५ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?