यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सातै प्रदेशमा पुग्यो एचपिभी खोप
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २३ शनिबार
2026, Jun 6, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सातै प्रदेशमा पुग्यो एचपिभी खोप
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ माघ ३, बिहीबार १६:०८ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप सातवटै प्रदेशमा पठाएको छ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझीले जानकारी दिए।

उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए।

निर्देशक डा.रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध गराएको हो।

सङ्घीय सरकारले यही माघ २२ देखि फागुन ६ गतेसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने जनाएको छ।

कुन प्रदेशमा कति खोप

महाशाखाका निर्देशक डा.रायमाझीले कोशी प्रदेशमा २ लाख ७५ हजार १८० मात्रा, मधेशमा ३ लाख ८० हजार ४६०, बागमती हेटौँडाका लागि १ लाख २५ हजार ८ सय, बागमती भक्तपुरका लागि २ लाख १८ हजार २८० मात्रा पठाइसकिएको जानकारी दिए।

गण्डकी प्रदेशमा १ लाख ३० हजार ८७० मात्रा, लुम्बिनीमा २ लाख ९८ हजार ९१० मात्रा, कर्णालीमा १ लाख २४ हजार ४ सय मात्रा र सुदूरपश्चिममा १ लाख ८७ हजार १२० मात्रा खोप पठाइएको छ। प्रदेशले खोपलाई सुरक्षित भण्डारण गर्ने र आ-आफ्नो जिल्लामा पठाउने उनले बताए।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने महाशाखाका निर्देशक डा.रायमाझीले जानकारी दिए। उनका अनुसार नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने डा.रायमाझीले बताए।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ।

झापामा ५५ हजार किशोरीलाई एचपीभी खोप लगाइने

झापामा ५५ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ।

जिल्लाका १५ वटै स्थानीय तहका विद्यालयभित्र र विद्यालय बाहिर रहेका ५४ हजार ९९९ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले जानकारी दिए।

विद्यालयमा रहेका कक्षा ६ देखि कक्षा १० सम्मका किशोरी र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप लगाइने उनले बताए।

जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखलाई खोपसम्बन्धी आवश्यक तालिम र अभिमुखीकरण दिइएको जनस्वास्थ्य अधिकृत पाठकले बताए।

“खोप अभियानका लागि तथ्याङ्क सङ्कलन, जनशक्ति व्यवस्थापनलगायत भइरहेको छ”, उनले भने। झापामा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन हुनेछ।

अघिल्लो लेख ५३१ जनाको आँखाको शल्यक्रिया निःशुल्क
अर्को लेख भारतको ‘स्पेस–डकिंग’ मिसन सफल, ऐतिहासिक उपलब्धि हासिल गर्ने चौथो देश बन्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

बाँकेमा २ हजार २ सय करदाता निलम्बन : कारोबार नगर्न आग्रह

२०८२ जेष्ठ २८, बुधबार १५:३५ गते
अन्तर्राष्ट्रिय

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

२०८१ मंसिर २५, मंगलवार ०७:३० गते
राजनीतिसमाचार

गृहमन्त्रीबारे लचक बन्दै माओवादी, राजीनामाको अडान छाडेर छानबिनलाई जोड दिने

२०८२ जेष्ठ २२, बिहीबार १२:२० गते
खेलकुद

दुई अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेल खेलेर नेपाली फुटबल टोली स्वदेश फर्कियो

२०८१ मंसिर ४, मंगलवार ११:०९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?