यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २४ बुधबार
2026, Sep 9, Wednesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ पुष २५, बिहीबार १३:२८ गते
SudarshanTelevision
6 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं :लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ परेका छन्।

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ हजार ट्याब्लेट सहित रौतहट घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले ना.१ ज ८७५७ नम्बरको टाटा सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित पक्राउ गरेको हो ।

बाँके,नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय उन्तियाज अली अन्सारी र २८ वर्षीया साहाना राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके,नेपालगंज उपमहानगरपालिका-१३ लालापुरवाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित कोहलपुर नगरपालिका-२ मनकामना बस्ने २६ वर्षीय शुभम अधिकारी र सोही नगरपालिका-१ कौशिलानगर बस्ने २६ वर्षीय किरण राना मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले भे.११ प ६७६५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली,धनगढी उपमहानगरपालिका-१ शिवनगरबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय सुरज थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-९ बङराकटानबाट लागूऔषध ब्राउनसगुर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय डम्बर ठगुन्नालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली,धनगढी उपमहानगरपालिका-९ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित कञ्चनपुर भिमदत्त नगरपालिका-१० बस्ने २६ वर्षीय तपेन्द्र पाली समेत ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०२-००३ प ५२०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो

बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित बाँसगढी नगरपालिका-५ बाँसगढी बस्ने ३४ वर्षीय धनिराम थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मोरङ, उर्लाबारी नगरपालिका-१ डाँगीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध स्पास्पेन १ सय ट्याब्लेट, ट्रामाडोल १ सय ट्याब्लेट र मोबाइल ६ थान सहित सोही ठाउँ बस्ने अमर मगर समेत ६ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

धनकुटा,साँगुरीगढी गाउँपालिका-९ चाँदीबजारबाट लागूऔषध गाँजा करिब १ सय २० किलोग्राम सहित शहिदभूमि गाउँपालिका-१ गुर्दुम बस्ने ३४ वर्षीय नकुल राई समेत ६ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले चाँदीबजारबाट धरानतर्फ जाँदै गरेका ५ वटा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूले प्रयोग गरेको ५ वटा मोटरसाइकल समेत बरामद गरेको छ । साथै प्रहरीले मोटरसाइकल छोडी हाल फरार भएका २ जनाको खोजी गरिरहेको छ ।

दाङ,घोराही उपमहानगरपालिका-१३ सिर्जनशील टोलबाट लागूऔषध चरेश जस्तो देखिने पदार्थ २४ किलो ७ सय १० ग्राम र नगद १५ हजार रूपैयाँ सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने प्युठान स्वर्गद्धारी नगरपालिका-२ घर भएका ३९ वर्षीय निम बहादुर आले, नौबहिनी गाउँपालिका-२ घर भएका २१ वर्षीया देउकली बुढामगर र रोल्पा त्रिवेणी गाउँपालिका-७ घर भएका २९ वर्षीय प्रकाश घर्ती रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

ट्याग गरिएको:featured
अघिल्लो लेख कैलालीमा प्रतिबन्धित औषधीसहित क्लिनिक सञ्चालक पक्राउ
अर्को लेख सहकारीका प्रबन्धकलाई कुटपीट गर्ने वडाध्यक्षसहित पाँच जना पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

बाजुरा

पर्यटकको रोजाइमा बाजुराको राम हेर्ने डाँडा

२०८१ भाद्र ५, बुधबार १७:१९ गते
राष्ट्रिय

सिङ्गो गाउँ नै तरकारी खेतीमा, वार्षिक भित्रिन्छ ८० लाख

२०८१ कार्तिक १, बिहीबार १२:३५ गते
राष्ट्रिय

अब बसेकै ठाउँबाट स्वास्थ्य बीमा सुविधा लिन सकिने

२०८२ बैशाख १८, बिहीबार ११:५४ गते
राष्ट्रियसमाचार

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत, मङ्सिर १ देखि १० गतेसम्म दल दर्ता

२०८२ आश्विन २१, मंगलवार ११:२२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?