यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २२ शुक्रबार
2026, Jun 5, Friday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्यराष्ट्रिय

असोजमा आएको बाढीबाट अर्थतन्त्रमा साढे ४६ अर्ब बराबर क्षति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक ३०, शुक्रबार १९:५६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । गत असोज दोस्रो साता आएको अविरल वर्षा र बाढी–पहिरोका कारण अर्थतन्त्रमा साढे ४६ अर्ब रुपैयाँ बराबर आर्थिक क्षति भएको प्रारम्भिक अध्ययनले देखाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको बाढी–पहिरोको प्रारम्भिक हानि तथा क्षति मूल्यांकनबाट ४६ अर्ब ६८ करोड ४३ लाख १८ हजार ५ सय ५० रुपैयाँ बराबर क्षति भएको देखिएको हो ।

प्राधिकरणले भौतिक पूर्वाधार, निजी आवास, विद्यालय, अस्पताल, कृषि तथा पशुपन्छी र सिँचाइमा उक्त रकम बराबर आर्थिक क्षति भएको अनुमान गरेको छ ।

विज्ञका अनुसार यो क्षतिले मुलुकको अर्थतन्त्र विस्तारमै असर गर्ने गर्छ । मनसुनको अन्त्यतिर आएको बाढीले २ सय ४९ जनाको ज्यान लिएको थियो । १८ जना अझै बेपत्ता छन् । १ सय ७७ घाइते भएका थिए ।

पूर्वाधारमा ३९ अर्ब क्षति

प्राधिकरणका अनुसार बाढी–पहिरोका कारण पूर्वाधार क्षेत्रमा मात्र ३९ अर्ब रुपैयाँ बराबर क्षति भएको देखिएको छ । बाढीले देशभरि ४४ पुलमा क्षति गरेको थियो । जसको आर्थिक क्षति १ अर्ब ४ करोड बराबर छ ।

त्यस्तै दूरसञ्चारका ४ सय ४६ संरचनामा क्षति पुगेको छ । जसको आर्थिक क्षति १५ करोड २३ लाख बराबर देखिन्छ । खानेपानी र सरसफाइमा १ हजार ६ सय ७८ संरचनामा क्षति पुगेको छ । जसको क्षति ५ अर्ब ९० करोड ६० लाख बराबर छ । जलविद्युतका २६ संरचनाको क्षति हुँदा ३ अर्ब १ करोड बराबर छ ।

त्यसैगरी सडकमा २ अर्ब ७९ करोड बराबर क्षति पुगेको देखिएको छ । देशभरि सडकमा ४१ स्थानको संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक यातायाततर्फ ८४ संरचनामा ७२ करोड बराबर क्षति पुगेको प्राधिकरणको तथ्यांक छ । सार्वजनिक भवनमा ९ करोड ५० लाखसहित पूर्वाधारमा कुल ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर क्षति पुगेको छ ।

निजी आवासमा कति क्षति ?

असोज बाढीबाट देशभरि ५ हजार ९ सय ९६ घरमा पूर्ण तथा १३ हजार ४९ मा आंशिक क्षति पुगेको तथ्यांकमा छ । बाढी र पहिरोले १० हजार ८ सय ७ जनाले घर गुमाएका छन् । बाढीबाट १६ हजार २ सय ४१ जना प्रभावित भएका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रका ६ संरचनामा पूर्ण र ३३ मा आंशिक क्षति पुगेको छ । जसको आर्थिक क्षति २ करोड १७ लाख बराबर छ । शिक्षातर्फ ६ भवनमा पूर्ण र १ सय ३६ संरचनामा आंशिक क्षति पुगेको तथा यसको आर्थिक भार ७ करोड २ लाख रुपैयाँ बराबर छ ।

कृषिमा कति ?

बाढी र पहिरोले कृषि क्षेत्रमा ५ अर्ब ८८ करोड २८ लाख बराबर क्षति भएको देखिएको छ । सिँचाइमा १ अर्ब ३५ करोड बराबर क्षति भएको देखिएको छ ।

अघिल्लो लेख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९० करोडभन्दा बढी रकम जम्मा
अर्को लेख डडेल्धुराबाट कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप
  • आजदेखि राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

५८ अङ्कले बढ्यो शेयर बजार

२०८२ आश्विन ७, मंगलवार १६:४६ गते
राष्ट्रिय

गुल्मीको रिडी–बल्कोट सडक आजदेखि फागुन २० गतेसम्म बन्द

२०८१ माघ २५, शुक्रबार १२:३३ गते
अछामअन्तर्राष्ट्रियअर्थ-वाणिज्यकञ्चनपुरकृषिकैलालीखेलकुदगृहबझाङबाजुराबैतडीसमाचार

धनुषाबाट २३ लाख बराबरको काजु किसमिस बरामद

२०८१ असार १४, शुक्रबार १०:५१ गते
राष्ट्रिय

राष्ट्रिय सभाको बैठक स्थगित

२०८१ असार ३०, आईतवार १२:१२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?