यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुखड–भजनी सडकखण्ड अझै कालोपत्रे हुन सकेन
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: सुखड–भजनी सडकखण्ड अझै कालोपत्रे हुन सकेन
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
कैलाली

सुखड–भजनी सडकखण्ड अझै कालोपत्रे हुन सकेन

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ कार्तिक २७, मंगलवार १२:२९ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

कैलाली ।कैलालीको सुखड–भजनी सडकखण्डका लागि दुई चरणमा टेन्डर भएर सडक चौडा तथा कालोपत्रे गर्ने काम भइसकेको भए पनि बिच खण्डमा पर्ने चार किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

पहिलो चरणमा भजनी नगरपालिकाको भजनी बजारदेखि सुखड खण्डको बिजुलियासम्म १० किलोमिटर सडक कालोपत्रेका लागि आर्थिक वर्ष २०७६र७७ बाट भजनीबाट निर्माण सुरु भई काम सकिइसकेको छ ।

त्यसै गरी दोस्रो चरणमा आव २०७८र७९ मा सुरु भएको घोडाघोडी नगरपालिका सुखडदेखि कीर्तिपुर जङ्गलसम्म सडक कालोपत्रे निर्माण कार्य पनि पूरा भइसकेको छ । तर कीर्तिपुर जङ्गलदेखि बिजुलिया गाउँसम्मको चार किलोमिटर सडकखण्ड हालसम्म कालोपत्रे हुन नसक्दा सो सडकमा यात्रा गर्ने यात्रुले सडक खाल्टाखुल्टीका कारण यात्रा सकस हुनुका साथै दुर्घटना हुने गरेको बताएका छन् ।

सो सडकखण्ड भएर सधैँ यात्रा गर्ने सुखडका पुष्पराज जैशीले भजनी क्षेत्र र सुखड क्षेत्रतर्फ कालोपत्रे हुने बिचमा सडक कालोपत्रे नहुनाले कच्ची सडकमा यात्रा गर्दा निक्कै दुःख हुने गरेको बताए । सुदूरपश्चिम प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको सहयोगमा दुई चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे भएको जनाइएको छ ।

भजनी नगरपालिका–४ का वडाध्यक्ष जन्ताराम चौधरीले कालोपत्रे हुन नसकेको सडकमा वर्षायाममा वडाको बजेटले सामान्य ग्राभेल, खाल्टाखुल्टी भर्ने काम गरेको बताए । उनले कालोपत्रेका लागि प्रदेश सरकारसँग पटक पटक आग्रह गरेको समेत जनाए ।

कैलाली क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य गङ्गा चौधरीले कालोपत्रे हुन छुटेको सडक कालोपत्रेका लागि सङ्घीय सरकारले छ लाख रुपियाँ विनियोजन गरेको जानकारी दिँदै चालु आवमा कालोपत्रे हुने बताए । गाेरखापत्रबाट

अघिल्लो लेख गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ
अर्को लेख कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

कैलालीसमाचार

कैलालीमा रहेर खरो पत्रकारिता गर्ने बिष्ट सम्मानित

२०८२ जेष्ठ २९, बिहीबार १७:०१ गते
कैलाली

धनगढीबाट भन्सार छलीका सामान बरामद

२०८१ मंसिर २१, शुक्रबार ०८:२९ गते
कैलाली

टीकापुरमा चितुवाको त्रास

२०८१ श्रावण ९, बुधबार ०९:४२ गते
कैलाली

जोखिम मोलेर विद्यालय जान्छन् कैलालीका बालबालिका

२०८१ भाद्र ६, बिहीबार १२:२१ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?