धनगढी – कैलालीको धनगढीमा अटो र जिप ठोकिदा दुर्घटना भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–५ हसनपुरमा अटो र पिकप जिप ठोकिएका हुन।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले ०४७९ नम्बरको अटो र भे १ च ४१३९ नम्बरको जिप सोमवार आपसमा ठोकिएका बताएको छ।
ट्राफिक प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका–३ का ४१ वर्षीय देव सिँह खत्री र उनकी श्रीमती ३९ वर्षीय हरिना खत्री घाइते भएकी बताएको छ।
उनीहरूको निर्सग अस्पताल, धनगढीमा उपचार भएको छ। शुक्लाफाँटा नगरपालिकाका मेघराज भट्टले चलाएको जिपले अटोलाई ठक्कर दिएको हो।





