काठमाडौँ । भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रेम सागर केसीले बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिएको जानकारी दिएका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार घटनास्थल अहिले तनावपूर्ण बनेको छ । मृतकको सनाखत हुन सकेको छैन भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।





