यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ भाद्र २० शनिबार
2026, Sep 5, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रिय

अवैध रकम खातामा जम्मा भए जानकारी दिन सीआईबीको आग्रह

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ श्रावण ४, शुक्रबार १३:१८ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन आग्रह गरेको छ ।

विदेशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जन गरी पठाएको विप्रेषण (रेमिट्यान्स) बापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र त्यो रकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालमा रहेका आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न सीआईबीले आग्रह गरेको हो ।

अनुसन्धानका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका देशबाट पठाउने रकममा यस्तो समस्या देखिएको सीआईबीले जनाएको छ ।

विदेशमा रहेका नेपाली नागरिकबाट प्राप्त भएको विदेशी मुद्रा अवैध सुनको भुक्तानी, अनलाइन ठगी, सट्टेबाजी, मानव तस्करी, भ्रष्टाचार, गैरकानुनी सम्पत्तिको आर्जन, आतङ्कारी क्रियाकलापमा लगानी र अभौतिक मुद्रामा लगानी गर्ने साथै त्यसको हिसाबकिताब मिलान कार्यमा प्रयोग हुने गरेको पाइएको भन्दै यस्ता गैरकानुनी कार्यको हिस्सेदार नबन्न पनि सीआईबीको आग्रह छ ।

सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले यसरी रकम आएमा विदेशी मुद्राको सञ्चितिमा ह्रास, पूँजी पलायन, अनौपचारिक अर्थतन्त्रमा वृद्धि हुन गई अर्थतन्त्र धराशायी हुने, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परी विकास निर्माणमा असर पर्ने, मूल्यमा अस्थिरता एवम् उतारचढाव, लगानीको सुरक्षासम्बन्धी जोखिम बढ्दै जाने बताए । विदेशमा वा नेपालभित्र रही अवैध कारोबारमा संलग्न रहेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनसक्ने भन्दै सीआईबीले सचेत पनि गराएको छ ।

वैदेशिक रोजगार तथा अध्ययनको सिलसिला एवम् विदेशमा स्थायी रूपमा बसोबास गरेका नेपाली नागरिकका नेपालमा रहेका आफन्तले प्राप्त गरेको रकम को–कसले बैंक खातामा जम्मा गरेको हो, त्यसको जिम्मेवारी स्वयं खातावालाको हुने भएकाले बैंक स्टेटमेन्ट जाँच गरी वैध प्रक्रियाबाट रकम आएको हो वा होइन रुजु गर्न र अवैध प्रक्रियाबाट निक्षेप भएको भए सम्बन्धित निकायमा वा प्रहरीमा जानकारी दिन सीआईबीले अनुरोध गरेको छ ।

अघिल्लो लेख आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित
अर्को लेख सुदूरपश्चिममा सडक संरचनाले धान्नै नसक्ने गरी सवारी चाप बढ्यो
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • मदिरा व्यवसायी संघ कैलालीको अधिवेशन भदौ १४ मा, कमल बम प्यानलले ल्यायो ११ बुँदे कार्ययोजना
  • धनगढीमा निःशुल्क शव चिस्यान सेवा प्रभावकारी, ७९८ जनाले लिए सेवा
  • ग्यास विक्रेता महासंघले सरकारलाई भन्यो- प्रचारबाजी छाड, डिलरमार्फत ग्यास बाँड
  • भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको भाउ- सञ्चालक समितिको निर्णय कुर्दै निगम

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रिय

नक्कली घुमुवा प्रहरी पक्राउ

२०८१ फाल्गुन २४, शनिबार ११:३३ गते
राष्ट्रियसमाचार

४ महिने छोराको ह*त्या गरी पत्नीलाई कुटेर भागेका असई पक्राउ

२०८२ मंसिर २२, सोमबार १०:३५ गते
राष्ट्रिय

आज साउने संक्रान्ति, लुतो फाल्ने दिन

२०८१ श्रावण १, मंगलवार ०७:५८ गते
राष्ट्रियसमाचार

पोखरामा कर्फ्यु आदेश जारी

२०८२ भाद्र २४, मंगलवार १०:२४ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?