धनगढी –कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
कैलालीको भजनी नगरपालिका ३ कुसमघाटबाट टीकापुर नगरपालिका १ बस्ने ४० वर्षीय लेखराम चौधरी पक्राउ परेका हुन्।
चौधरीलाई ९ सय ६० मिलिग्राम लागूऔषध (खैरो हिरोईन)सहित फेला पारी नियन्त्रण लिएको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको बताइएको छ।





