यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हवाई भाडा बढाएको गुनासोमा प्रधानमन्त्रीको चासो- स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ कार्तिक ४ मंगलवार
2026, Oct 20, Tuesday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: हवाई भाडा बढाएको गुनासोमा प्रधानमन्त्रीको चासो- स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
अर्थ-वाणिज्य

हवाई भाडा बढाएको गुनासोमा प्रधानमन्त्रीको चासो- स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्ने सहमति

SudarshanTelevision
पछिल्लो अपडेट: २०८३ आश्विन २२, बिहीबार १७:०४ गते
SudarshanTelevision
2 मिनेटको
सेयर गर्नुहोस्

काठमाडौं । आसन्न चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि नागरकि उड्डयन प्राधिकरणले आज वायुसेवा कम्पनीहरूसहितको बैठक राखेको छ । उक्त बैठकमा स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गर्न वायु सेवा कम्पनीहरू सहमत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूलाई छलफलका लागि बोलाएको थियो ।

उक्त छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका प्रतिनिधिहरूबीच यात्रुहरूलाई मर्का नपर्ने गरी सरकारले तोकेको स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने सहमति भएको छ ।

साथै, टिकटको दरबारे सर्वसाधारणलाई स्पष्ट जानकारी दिन सो भाडादर सम्बन्धित वायुसेवा कम्पनीहरूको आधिकारिक बिक्री वितरण प्लेटफर्म (वेबसाइट तथा एप) मा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्ने सहमतिसमेत जुटेको छ ।

चाडपर्वको समयमा घर जाने यात्रुहरूको चापलाई देखाउँदै वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा असुल्न थालेको भन्दै चौतर्फी गुनासो आएपछि सरकारले यस विषयमा चासो देखाएको प्रधानमन्त्री कार्यालयको भनाइ छ ।

नेपालमा आन्तरिक हवाइ सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो। सोही स्वीकृत दरलाई आधार मान्दै वायुसेवा कम्पनीहरूले चाडपर्वको समयमा यात्रुलाई सहुलियत दरमा सेवा दिन सहमति जनाएका छन् ।

ट्याग गरिएको:#featuredfeatured
अघिल्लो लेख माडीमा खोलाले एम्बुलेन्स बगायो
अर्को लेख नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • नेपाली कांग्रेस कैलाली–५ (ख) बाट योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित
  • भारतबाट फर्किनेको गड्डाचौकीमा भीडः स्वास्थ्य परीक्षण अनिवार्य
  • बझाङमा ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते
  • नेपालबाट भारत जाँदा अब जहाजमा पावर बैंक राख्न नपाइने

तपाईंलाई मनपर्न सक्छ

राष्ट्रियसमाचार

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

२०८२ कार्तिक १७, सोमबार १०:५५ गते
अर्थ-वाणिज्य

शेयर बजार सामान्य बढ्यो, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार

२०८१ माघ ३०, बुधबार १५:४५ गते
खेलकुदसमाचार

आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर खेल्दै

२०८२ मंसिर ६, शनिबार १०:२३ गते
अर्थ-वाणिज्यकैलाली

यातायात कार्यालय धनगढीद्वारा ६५ करोड राजस्व संकलन

२०८१ श्रावण १६, बुधबार ०९:२९ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?