काठमाण्डौँ : काठमाण्डौँ सहित विभिन्न शहरको वायु प्रदूषण कायमै रहेको छ ।
बिहानभन्दा केही खुले पनि काठमाडौँ विश्वको प्रदूषित शहरको सूचीमा तेस्रो नम्बरमा छ।
काठमाण्डौँको वायुको गुणस्तर यो समाचार पर्दासम्म १८६ एक्युआई छ । आज सबैभन्दा बढी प्रदूषित शहरको सूचीमा धनगढी परेको छ । धनगढीको वायुको गुणस्तरमा बिहान भन्दा केहि सुधार आएपनि २०० एक्युआई बढी नै छ, जुन धेरै अस्वस्थकर हो ।
आईक्यू एयरको मापदण्डअनुसार ५० सम्मको एक्युआई ‘राम्रो’ मानिन्छ । पछिल्ला केही दिनयता मौसम धुम्मिँदै जाँदा वायु प्रदूषण बढ्न थालेपछि वातावरण विभागले सचेत रहन आग्रह गरेको छ । विभागले लामो समयसम्म वर्षा नहुनु र हावा नचल्नुका कारण मौसम धुम्मिदा प्रदूषण बढेको भन्दै वायु प्रदूषणको समयमा अनावश्यक बाहिर ननिस्कन र माक्सको प्रयोग गर्न आग्रह गरेको हो ।





