धनगढी –कैलालीमा रहेको सबैभन्दा पुरानो प्रशासनिक भवन नष्ट भएको छ । जिल्ला प्रशासन कार्यालयमा रहेको सो राणाकालीन ऐतिहासिक भवन नष्ट भएको हो ।
राणाकालीन समयमा निर्माण गरिएको भवनमा जेनजी आन्दोलनकारीले भदौ २४ गते आगजनी गरेका थिए ।
आगजनीबाट भवन पूर्ण रूपमा नष्ट भएको छ । यो भवनबाट जिल्ला प्रशासन कार्यालयले आफ्नो सेवा दिँदै आएको थियो ।
यसअघि प्रशासनले आफ्नो सेवा पूर्ण रूपमा यही ऐतिहासिक भवनबाट दिए पनि नयाँ भवन निर्माणपछि पुरानो भवनबाट राष्ट्रिय परिचयपत्रको काम मात्रै हुने गरेको थियो ।
आन्दोलनकारीले आगजनी गरेपछि पुरानो भवन ढलेर खरानी भएको छ । जिल्ला प्रशासन कार्यालयपरिसरमा अब यसको भग्नावशेष मात्रै बाँकी छ ।





