यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख ५ शनिबार
2026, Apr 18, Saturday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: १ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राजनीतिसमाचार

१ लाख ७० हजार बढी विपद् सूचक समूह गठन गर्दै सशस्त्र प्रहरी

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ १६, शुक्रबार १५:५६ गते
SudarshanTelevision
4 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं :सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा स्थानीय समुदायको समेत महत्वपूर्ण भूमिका हुने भएकोले देशभरी करीब १ लाख ७० हजार विपद् सूचकको व्यवस्था गर्न लागेको छ ।

समुदायस्तरमा विपद् सम्बन्धी सूचना प्राप्तिमा सहकार्य, परिचालनमा सहजीकरण र उद्धारमा समन्वयात्मक रुपमा कार्य गर्ने उद्देश्यले विपद् सूचकको व्यवस्था गर्न लागेको छ । यसका लागि सबै बाहिनी मुख्यालयले जेठ मसान्तसम्म आफ्नो जिम्मेवारी क्षेत्रमा पर्ने सबै वडाहरूमा २५ जनाको दरले विपद् सूचक समूह निर्माण गर्नुपर्ने हुन्छ ।

जस अनुसार देशभरीका ६ हजार ७ सय ४५ वडामा २५ जनाको दरले १ लाख ६८ हजार ५ सय ७५ जना विपद् सूचक तयार गरिनेछ । यसबाट विपद् सम्बन्धी सूचना तत्काल प्राप्त हुने र सोही अनुसार आफ्ना सुरक्षाकर्मी परिचालन र उद्वारमा सहजता हुने विश्वास मुख्यालयको छ ।

विपद् सुचक समूह तयार भएपछि उनीहरूलाई विपद् सचेतनामूकल प्रशिक्षण प्रदान गर्ने विपद् सिमुलेशन अभ्यासमा सहभागी गराउने योजना समेत सशस्त्र प्रहरी बलको छ ।

यसैबीच सशस्त्र प्रहरी बलले समुदायमा विपद् उद्वारक पनि तयार गर्दै छ । गत जेठ ७ गते सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित गोताखोर तालिम समापनको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले यसैवर्ष सातवटै प्रदेशमा करीव १ हजार समुदाय विपद् उद्वारक तयार गर्ने योजना सार्वजनिक गरेका हुन् ।

जसअनुसार मुख्यालयले यसको तयारी स्वरुप मातहत कार्यालयमा विपद् उद्वारक स्वयंसेवक तालिम पनि सुरुवात गरेको छ । समुदाय विपद् स्वयंसेवक उत्पादनका लागि १८ दिनको तालिम दिइनेछ । त्यसमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष सुरक्षाकर्मीले तालिम प्रदान गर्नेछन् ।

प्रदेशस्थित सशस्त्र प्रहरी बलका मुख्यालय तथा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानले यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी तत्काल १८ वटा तालिम संचालन गर्नेछन् भने अन्य १ सय ४७ वटा तालिम आर्थिक वर्ष २०८२ र ०८३ मा संचालन गरिनेछ । यस प्रकारका तालिमले समुदायस्तरमा विपद्बाट बच्न पूर्व तयारीका साथै विपद्का समयमा उद्वार तथा राहतको कार्यमा सहजता समेत हुनेछ ।

सशस्त्र प्रहरी बल नेपाल नं २३ मनकामना गण तनहुँबाट समुदाय विपद् स्वयंसेवक तालिम सुरुवात भएको छ । स्थानीय सरकार तथा सरोकारवाला निकायहरू सँगको समन्वयमा गणले ५८ जनाको लागि तालिम संचालन गरेको हो ।

तालिमको क्रममा स्थानीय पालिकामा रहेका र अपुग भएमा सशस्त्र प्रहरी बलको सम्बन्धित कार्यालयमा रहेका विपद् उद्वारका सामाग्री प्रयोग गरिनेछ । तालिमका लागि दक्ष प्रशिक्षकको व्यवस्था प्रशिक्षण प्रतिष्ठान तथा बाहिनी मुख्यालयहरूले गर्नेछन् भने प्राकृतीक विपद् जोखिम रहेका पालिकाहरूमा यसप्रकारको तालिम दोहोर्याएर समेत गरिने सशस्त्र प्रहरी बलको योजना छ ।

अघिल्लो लेख वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसेको निधन
अर्को लेख राजतन्त्र पक्षधरको आन्दोलनले काठमाण्डौँ प्रभावित
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

समाचार

२०८० को मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

२०८१ भाद्र १४, शुक्रबार १३:५८ गते
कैलालीसमाचार

नदीमा डुबेर कैलालीका एक किशोरको मृ*त्यु

२०८२ असार १५, आईतवार १०:०८ गते
कञ्चनपुरसमाचार

विद्यालय पुग्न दुई घण्टा पैदल

२०८२ आश्विन ७, मंगलवार ११:१८ गते
गृहराजनीतिराष्ट्रिय

प्रधानमन्त्री ओली ६ गते विश्वासको मत लिने

२०८१ श्रावण २, बुधबार १५:४७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?