यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ जेष्ठ २४ आईतवार
2026, Jun 7, Sunday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
राष्ट्रियसमाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

SudarshanTelevision
पछिल्लो अपडेट: २०८२ जेष्ठ २, शुक्रबार १५:५१ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

काठमाण्डौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-१ बसन्तपुरस्थित सडकमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट पैदलयात्रीहरू सोही ठाउँ बस्ने ६० वर्षीया शान्ता खत्री र ६० वर्षीया तिल कुमारी रायमाझीको शुक्रबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-६ लोखडियास्थित सडकमा लु.१ ज ४७२० नम्बरको पिकअप र यूपी ५३ डीएक्स ५२१४ नम्बरको कार एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा कारमा सवार भारत सिद्धार्थनगर ग्राम शिवपति नगर बस्ने ३७ वर्षीय कृष्ण चन्द्र मौर्य र पिकअपमा सवार मायादेवी गाउँपालिका-४ सेमरी बस्ने २२ वर्षीय राहुल पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका कार चालक समेत कारमा सवार २ जना र पिकअपमा सवार २ जनाको मेडिकल कलेज भैरहवा तथा पिकअपमा सवार १ जनाको स्थानीय लाईफ केयर अस्पताल लुम्बिनीमा उपचार भइरहेको छ।

बर्दिया, गेरूवा गाउँपालिका-५ झबहीस्थित सडकमा से.२ प ५१७१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया चुलादेवी थारूको बिहीबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, उर्लाबारी नगरपालिका-३ पुरानो मंगलबारेस्थित सडकमा ग.६ प ५०२६ नम्बरको मोटरसाइकललाई ना.५ ख २१८७ नम्बरको ट्याङ्करले बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका-९ बस्ने ३६ वर्षीय मन कुमार लिम्बुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिराहा, धनगढीमाई नगरपालिका-११ छपरारी चोकस्थित सडकमा स.९ प ८६४० नम्बरको मोटरसाइकलको ठककरबाट साइकलयात्री सोही नगरपालिका-३ बेनौली बस्ने ६५ वर्षीय गेमिलाल यादवको बिहीबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अघिल्लो लेख नेपालमा प्रि–मनसुन गतिविधि फेरि सक्रिय, दुई हप्तासम्म पानी पर्ने सम्भावना
अर्को लेख सेवा र विकासका लागि युवाद्धारा १३ जिल्लामा शैक्षिक सामाग्री वितरण गरिने
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • धनगढी उपमहानगरले तीन वर्षमा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्‍यो
  • बीवाइडी गाडी आयातबारे साइमेक्सको स्पष्टिकरण: सबै आयात कानुनअनुसार भएको दाबी
  • कोरोला नाकाबाट भित्रिएका ७७४ वटा गाडी सशस्त्रको नियन्त्रणमा
  • धनगढीको नवजीवन अस्पतालमा युवतीको मृ*त्यु, डाक्टरले लापरबाही गरेको आरोप

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ आज तोलामा ४ हजार ३०० रुपैयाँले बढ्यो

२०८२ फाल्गुन ७, बिहीबार १५:२८ गते
अर्थ-वाणिज्यसमाचार

हिजो घटेको सुनको भाउ आज तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

२०८२ पुष २१, सोमबार ११:४१ गते
खेलकुदस्वास्थ्य-शिक्षा

राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण गङ्गालालमा सुरु

२०८१ भाद्र २५, मंगलवार १३:१३ गते
कञ्चनपुरसमाचार

चिसो बढेपछि कञ्चनपुरको तीन पालिकाका विद्यालय बन्द

२०८२ पुष २२, मंगलवार १०:५२ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?