यस साइट प्रयोग गरेर, तपाईं सहमत हुनुहुन्छPrivacy Policy and Terms of Use.
स्वीकार गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना
सेयर गर्नुहोस्
Sudarshan Television
२०८३ बैशाख १० बिहीबार
2026, Apr 23, Thursday
फन्ट रिसाइजरAa
  • गृह
  • प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • दार्चुला
    • डोटी
    • बाजुरा
    • बझाङ
    • बैतडी
    • डडेल्धुरा
  • राजनीति
  • राष्ट्रिय
  • कृषि
  • अर्थ-वाणिज्य
  • स्वास्थ्य-शिक्षा
  • पर्यटन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • समसामयिक/राेचक
  • विचार/ब्लग
पढ्दै: स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना
सेयर गर्नुहोस्
खोज्नुहोस्
  • समाचार
    • अन्तर्राष्ट्रिय
    • अर्थ-वाणिज्य
    • कृषि
    • खेलकुद
    • गृह
    • पर्यटन
    • प्रदेश
    • राजनीति
    • राष्ट्रिय
    • समसामयिक/राेचक
    • स्वास्थ्य-शिक्षा
  • सुदूरपश्चिम प्रदेश
    • अछाम
    • कञ्चनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ
    • बाजुरा
    • बैतडी
हमीलाई पछ्याउनुहोस
  • बुकमार्कहरू
  • सम्पर्क
  • ब्लग
© 2024 CH. All Rights Reserved.
समाचार

स्थानीय तहका कर्मचारी आन्दोलित, मुख्यमन्त्री कार्यालयको अगाडि धर्ना

SudarshanTelevision
पछिल्लो अपडेट: २०८१ चैत्र ४, सोमबार १६:१९ गते
SudarshanTelevision
3 मिनेटको
सेयर गर्नुहोस्

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री कार्यालय अगाडि स्थानिय तहका कर्मचारिहरुले फेरि धर्ना गरेका छन।

सरकारले ल्याउन लागेको प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन तत्काल जारी गर्नुपर्ने माग गर्दै सोमवार मुख्यमन्त्री कार्यालय अगाडि कर्मचारिहरुले धर्ना दिएका हुन्। होलीको बिदाका समयमा आन्दोलन रोकेका उनीहरू फेरि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन्।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिद्वारा तयार गरिएको स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको प्रतिवेदनलाई हुबहु पारित गराउने प्रक्रियाविरुद्ध विभिन्न समूह वा खेमाबाट दबाब भइरहेको हुँदा धर्ना थालिएको सुदूरपश्चिम प्रदेशका स्थानिय तहका कर्मचारी संघर्ष समितिका अध्यक्ष गम्भीरसिंह साउँदले बताए।

उनका अनुसार स्थानीय तहका कर्मचारीका सेवासुविधा कटौती हुने अवस्था रहेको हुँदा ८८ वटै पालिकाबाट धर्ना कार्यक्रमका लागि कर्मचारीलाई धनगढी बोलाइएको हो। १३ जेठ २०८१ मा सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धीमा व्यवस्था गर्न बनेको विधेयक–२०८१’ प्रस्तुत गरेका थिए। २५ जेठको बैठकमा विधेयकमाथि छलफल भएको थियो। २९ साउनको दफाबार छलफलका लागि उक्त विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठायो।

समितिले उक्त विधेयकमा छलफलका लागि २८ वटा बैठक गरेर तयार पारेको प्रतिवेदन सभामुख भीम भण्डारीलाई बुझाइसकेको छ। प्रदेश स्थानीय सेवा ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारका रूपमा नियुक्त भएकालाई पहिलोपटकका लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था विधायन तथा प्रदेश मामिला समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। विधेयकमा रहेको कर्मचारी बढुवाको व्यवस्थाले पनि थप विवाद बढाएको छ।

साविक स्थानीय निकायको स्वीकृत दरबन्दीमा अधिकृत छैटौँ र आठौँ तहको पदमा नियुक्त भई स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई माथिल्लो तहका लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता पुगेको भए अख्तियारवालाले एक पटकका लागि स्थानीय सेवाको क्रमशः अधिकृत सातौँ र नवौँ तह कायम गरिदिने विधेयकमा उल्लेख छ।

स्थानीय तहका कर्मचारीहरूले विधायन तथा प्रदेश मामिला समितिले लामो समय अध्ययन गरेर सभामुखलाई बुझाएको उक्त प्रतिवेदन हुबहु प्रदेशसभाबाट पारित गर्नुपर्ने माग अगाडि सारेका हुन्। सोही विधेयकको विरोधमा विद्यार्थीहरू पनि आन्दोलन गरेका थिए। उनीहरूले सीमित कर्मचारीलाई लाभ पुग्ने किसिमले विधेयक ल्याउन लागिएको भन्दै आन्दोलन गरेका थिए।

अघिल्लो लेख कैलालीमा ५ दिनदेखि बेपत्ता युवक मृत भेटिए
अर्को लेख चैत्र महिलनाभित्र १४ सङ्घीय अस्पतालमा नयाँ सेवा थप गर्ने कार्ययोजना सार्वजनिक
एक टिप्पणी छोड्नुहोस् एक टिप्पणी छोड्नुहोस्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

  • कोशीमा प्रदेश मन्त्रीको घरमा डोजर
  • देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
  • कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने
  • बाल विवाह अन्त्यका लागि बैतडीमा छलफल

तपाईंलाई मनपर्न सक्छ

अर्थ-वाणिज्यसमाचार

सुनको भाउ स्थिर, चाँदीको बढ्यो

२०८२ जेष्ठ २३, शुक्रबार ११:४४ गते
राजनीतिसमाचार

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा

२०८२ जेष्ठ २३, शुक्रबार ११:५३ गते
राष्ट्रिय

ड्युटीमा रहेका सशस्त्रका सईको गाडीको ठक्करबाट मृत्यु

२०८१ मंसिर १६, आईतवार ०८:३१ गते
राष्ट्रिय

आजको राशिफल

२०८१ श्रावण १४, सोमबार ०९:०७ गते
whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview whatsapp image 2024 06 25 at 16.15.47 f6eaeb8b removebg preview

सुदर्शन टेलिभिजन

सुचना विभाग दर्ता नम्बर : ४६९०-२०८१/२०८२
हाम्रो बारेमा

अध्यक्ष- महेश राज बडु

प्रधान सम्पादक- धर्मानन्द भट्ट

सम्पादक- गिरिजा प्रसाद पनेरु

© 2024 CH. All Rights Reserved.
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

आफ्नो पासवर्ड हरायो?