काठमाण्डौं –सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
आज सुन शुक्रवारको तुलनामा पाँच सय रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।





