बैतडी – बैतडीका चारओटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका हुन् ।
यी चारओटै पालिकामा रहेका विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।
सार्वजनिक बिदाका दिन पालिकाभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा बिदा रहने उल्लेख गरिएको छ ।





