कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा पाचँ लाख बराबरको अबैध सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छली गरी नेपाल ल्याउने क्रममा ५ लाख ८ सय ५० बराबरको विभिन्न किसिमका मालसामान बरामद गरिएको हो ।
प्रहरीको टोलीले टिकापुर नगरपालिका ९ स्थित भित्री सडक खण्डबाट हरियो खुर्सानी, बदाम, छिद्रा माछा र मोटरसाइकल(३ थान)सहित ४ लाख ४२ हजार ८ सय ५० मुल्यको सामान बरामद गरेका हुन् ।
त्यस्तै, धनगढी उप–महानगरपालिका२ र १३ बाट ४७ हजार ६ सय मुल्य बराबरका कपडा, सुर्तिजन्य पदार्थ र प्लास्टिक झिल्ली जस्ता अन्य सामानहरू फेला पारि बरामद गरेका हुन् ।
यस्तै भजनी नगरपालिका ७ स्थित शिविर टोलबाट १० हजार ४ सय बराबरको चिनि र हरियो खुर्सानी पनि बरामद गरिएको छ।





